चितवन ४ माघ । चितवनको नारायणगढमा रहेको नेपो फर्निचर इन्डस्ट्रिजले एक्सचेन्ज अफर ल्याएको छ । अफर अन्तर्गत जुनसुकै कम्पनीका पुरानो फर्निचरसंग नयाँ नेपो ब्राण्डका फर्निचर साट्न पाइने जानकारी दिएको छ ।
फर्निचरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी फर्निचर एक्चेन्ज गर्ने सुविधा नेपालमा नै पहिलो पटक भएको दावी गरेको छ । नेपो फर्निचर इन्डस्ट्रिजका महाप्रबन्धक सुर्य कँडेलले भन्नु भयो ‘घरमा भएको पुरानो फर्निचर दिएर नयाँ लिन पाउने सुविधा अन्य जिल्लामा छैन हामीले चितवनमा सुरु गरेका छौ ।’ पुराना सामग्री फाल्न माया लाग्ने, नयाँ राख्न स्थानको अभाव हुने समस्या देखेकाले यस्तो अफर ल्याएको उहाले जानकारी दिनु भयो ।
माघ १८ देखि फागुन ४ गतेसम्म संचालन हुने अफरमा ग्राहकले आफ्ना पुराना सामग्री दिएर नयाँ लैजान पाउने व्यवस्था छ । यो सुविधा चितवन बाहेकका जिल्लालाई पनि दिएको नेपो फर्निचर इन्डस्ट्रिजका महाप्रबन्धक कँडेलले जानकारी दिनुभयो । उहाँले ग्राहकको माग र सेवालाई मध्यनजर गर्दै अफर संचालन गरेको जानकारी दिनु भयो ।
कडेलले भन्नु भयो ‘ग्राहकसंग भएको फर्निचर जुन पुरानो र उपयोगिता पनि कम भएर बसेको छ, त्यसको उचित मुल्याङकन गरी हामीले खरिद गर्नेछौं ।’ एक्सचेन्जमा जुनसुकै ब्राण्डका फर्निचर साट्न सकिने व्यवस्था रहेको छ । ग्राहकसंग रहेका हरेक स्टील र काठका फर्निचरहरुको उचित मुल्याङ्कन गरेर नयाँ लैजान पाउने छन् ।
ग्राहकले आफ्नो पुरानो फर्निचरको फोटो खिचेर अथवा अनलाइन मार्फत मुल्याङकन गराउन सक्नेछन् । ‘एक्सचेन्ज मार्फत आउने हरेक सामन हामी गरिब र विपन्न नागरिकलाई दिनेछौं, कँडेलले भन्नुभयो, सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले यो अफर ल्याएका हौं ।’ उहाँले समाजको हितका निम्ती खोलिएका कपडा बैंक, पुस्तक बैंक जस्तै फर्निचर बैंक स्थापना गर्ने योजना रहेको जानकारी दिनु भयो ।
२०५० सालमा नारायणगढको मेनरोडमा स्थापना भएको नेपो फर्निचर इन्डस्ट्रिजले चितवन र आसपासका जिल्लामा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । स्टील तथा पाइपबाट बन्ने सामग्रीहरुको उत्पादन तथा बिक्रीबाट सुरु गरेको नेपोले काष्ठ फर्निचर समेत उपलब्ध गराउँदै आएको छ ।
नेपो ब्राण्डका उत्पादन गुणस्तरिय र भरपर्दाे भएका कारण ग्राहकको मन जित्न सफल भएको कम्पनीको दावी छ । नेपोको फर्निचर होटल, अस्पताल, स्कूल, कलेज, कार्यालय र व्यक्तिको घरमा प्रयोग हुने गरेको छ ।


