महायज्ञ मार्फत क्रिकेट रंगशाला लागि रकम संकलन गर्ने

चितवन, २ माघ । चितवनमा निर्माणाधिन रहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन महायज्ञ आयोजना गर्ने भएको छ ।
रंगशाला निर्माणको लागि तीन अर्ब रुपियाँ लाग्ने भएपनि सहयोग रकम सुस्त गतीमा उठेकाले महायज्ञ गरेर रकम संकलन गर्न लागिएको हो । महयज्ञ सञ्चालनको लागि वाग्मती प्रदेशका सांसद विजय सुवेदीको संयोजकत्वमा एकहजार एकसय ११ मुल आयोजक समिति गठन गरिएको छ ।
क्रिकेट रंगशालामा विहीबार पत्रकार सम्मेलन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नु भयो ‘निर्माण जुन गतीमा अगाडि बढेको छ त्यो गतीमा सहयोग रकम उठेन, त्यही भएर महायज्ञ आयोजना गरी रकम संकलन गर्नको लागि समिति नै खडा गरेर लागि परेका छौ ।’ चितवन र छिमेकी जिल्लाले रंगशाला हाम्रो गौरवको आयोजना भन्दै सहयोग गर्ने वातावरण गराउन समिति गठन गरेका हौ उहाले भन्नु भयो ।
यही माघ १९ देखि २६ गतेसम्म आयोजना हुने महायज्ञबाट धेरै रकम संकलन गर्ने लक्ष्य लिएको महायज्ञ मुल आयोजक समितिका संयोजक विजय सुवेदीले बताउनु भयो । जिल्लाका जनप्रतिनिधि, सरकारी कर्मचारी, सामाजिक अगुवा, व्यवसायी राजनीतिक दलका प्रतिनिधि, सबैको प्रतिनिधित्व हुने गरी समिति गठन भएको छ यसबाट साथ सहयोग पाउने विश्वास लिएको छु सुवेदीले भन्नु भयो ।
रंगशाला निर्माणको काम अहिले धमाधाम भइराखेको धुर्मुस सुन्तली फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिनु भयो । अहिले रंगशालाको पिचको नाली निर्माणको काम भइराखेको छ । सामान्य खेल आयोजना गर्नको लागि पिच निर्माण भइसकेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने जिम्मा लिएको छ । क्रिकेट रंगशाला निर्माणका लागि अहिलेसम्म विभिन्न क्षेत्रबाट गरी सात करोड रुपियाँ भन्दा धेरै उठेको छ ।

महायज्ञ सम्पन्न गर्नका लागि समितिको सह–संयोजकमा प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ,  उपसंयोजकमा चितवनका ७ पालिका र गैडाकोट नगरापलिका प्रमुख, भरतपुर महानगरपालिका उपप्रमुख, जिल्ला समन्वय समिति उपप्रमुख, राजु श्रेष्ठ, भेषराज दुवाडी, दिर्घमान श्रेष्ठ, राजन गौतम, वेल बहादुर गुरुङ र दिनेश राठी रहनुभएको छ । समितिको महासचिवमा दिनेशकुमार चुके, उपमहासचिवमा राजु पौडेल, चुननारायण श्रेष्ठ, आरसी अधिकारी, रामबाबु ढकाल र कोषाध्यक्षमा शंकर कंडेल रहनुभएको छ ।

 

धनधान्यान्चल महोत्सवको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहनुभएको छ भने महोत्सवबाट ५० करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।

 

शेयर गरौ

ताजा अपडेट