उवासंघको अध्यक्षमा राजु श्रेष्ठ विजयी : विजयी हुनेहरु को सुचि

चितवन, २९ पुस  । उद्योग वाणिज्य संघ चिवतनको अध्यक्षमा राजु श्रेष्ठ विजयी हुनु  श्रेको छ । श्ररेष्ठले  अध्यक्षका प्रतिस्पर्धी ज्ञानेन्द्रमान शाक्यलाइ ७ सय ८७मतान्तरले पराजित गरेका हुन् ।

विजयी श्रेष्ठले १हजार ९ सय ८० मत पाए भने उनका प्रतिष्प्रर्धि शाक्यले १ हजार १ सय ९३ मत प्राप्त गरेका थिए । राजु यस अघि सहनलाल प्रधान संग अध्यक्ष पदमा पराजित भएका थिए ।

विजय भएसंगै श्रेष्ठले व्यवसायीहरुको हक हितका लागि काम  बताउनु भयो ।

आगामी नेतृत्वका लागि अध्यक्ष, उद्योग, वाणिज्य, वस्तुगत र महिला उद्यमी तर्फको सदस्यमा मात्र मतदान भएको थियो । यस्तै वस्तुगत र महिला तर्फको सदस्यको पनि नतिजा सार्वजनिक भएको छ । संघको वस्तुगततर्फबाट दुर्गादत्त कँडेल विनोद तिमिल्सिना, धनप्रसाद पोखरेल, सर्मिला न्यौपाने मत प्राप्त गरेर विजयी भएका छन् ।

महिला तर्फ रजनी माक्ये विजयी हुनुभएको छ । उधोग तर्फ सदस्यहरुमा अशोक अधिकारी,ई.कृष्ण प्रसाद रिजाल,बिनोद पौडेल,योगिता पिया,लिल बहादुर क्षेत्री र भानुभक्त न्यौपाने निर्वाचित भएका छन् । यसैगरी वाणिज्य तर्फ सदस्यहरुमा ज्ञानु प्रसाद न्यौपाने,थिर प्रसाद धिताल , चेतनारायण सापकोटा,लक्ष्मी रिजाल पौडेल , बिकास थापा र बद्री पौडेल बिजयी भएका छन ।

यसअघि बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिएका विष्णुप्रसाद कंडेलले आफ्नो उमेद्वारी फिर्ता गरेपछि चुननारायण श्रेष्ठ निर्वाचित भैसकेका थिए । उपाध्यक्ष, कर्पोरेट तर्फको सस्दय र क्षेत्रिय संगठित सदस्य तर्फ गरि ६ जना निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा उद्योग तर्फ चिरञ्जिवी सुवेदी, बाणिज्य तर्फ सुमनकुमार श्रेष्ठ र क्षेत्रीय संगठित सदस्य तर्फ भोजराज कौडाल निर्विरोध भएका थिए । त्यस्तै कर्पोरेट तर्फको सदस्यमा राजेन्द्र ओलि, र सिरिस पन्त्त, क्षेत्रिय संगठित सदस्य तर्फ मुक्तिकुमार श्रेष्ठ निर्वाचित भैसकेका थिए ।

संघमा निवर्तमान अध्यक्षसहित कूल २९ जनाको कार्यसमिति रहनेछ । निर्वाचनमा २५ जनाको उम्मेदवारी परेको थियो । पुस २८ गतेदेखि अधिवेशन शुरु भएको थियो । संघको निर्वाचनमा तीन हजार १ सय ४१ जना सहभागी थिए । पहिलो पटक उद्योग वाणिज्य संघले विद्युतिय भोटिङको प्रयोग गरेको थियो ।

निर्वाचितहरुको नामावली

शेयर गरौ

ताजा अपडेट