चितवन , २९ पुस । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
आज भएको निर्वाचनमा अध्यक्ष पदमा श्रेष्ठले १ हजार ९ सय ३८ र ज्ञानेन्द्रमान शाक्यले १ हजार १ सय ९३ मत प्राप्त गर्नु भएको छ ।
संघको वस्तुगततर्फबाट दुर्गादत्त कँडेल, विनोद तिमिल्सिना, धनप्रसाद पोखरेल, सर्मिला न्यौपाने विजयी हुनु भएको छ ।
उधोग , वाणिज्य, महिला उद्यमी पदका लागि गणना भइरहेको छ ।
३ हजार ७ सय ४८ जना सदस्य रहेको संघको नेतृत्व चयनमा ३ हजार १ सय ७२ जनाले सहभागिता जनाएका छन् ।
संघको नेतृत्व चयनका लागि यसवर्ष पहिलो पटक विद्युतीय भोटीङ् मेसीनबाट मतदान भएको हो ।


