निर्वाचन अगाडिनै छ जना निर्विरोध : अध्यक्षमा श्रेष्ठ र शाक्यको प्रतिष्पर्धा

चितवन २५ पुस । उद्योग वाणिज्य संघ चितवनको निर्वाचन अगाडिनै छ जना निर्विरोध निर्वाचित भएका छन् । संघको आउदो २९ गते हुने निर्वाचनको लागि शुक्रबार भएको उमेदवार दर्ताको दिनमा छ जना निर्विरोध भएका हुन् ।
निर्विरोध हुनेमा उपाध्यक्ष, कर्पोरेट तर्फको सस्दय र क्षेत्रिय संगठित सदस्य तर्फ गरि ६ जना निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा उद्योग तर्फ चिरञ्जिवी सुवेदी, बाणिज्य तर्फ सुमनकुमार श्रेष्ठ र क्षेत्रीय संगठित सदस्य तर्फ भोजराज कौडाल निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै कर्पोरेट तर्फको सदस्यमा राजेन्द्र ओलि, र सिरिस पन्त्त, क्षेत्रिय संगठित सदस्य तर्फ मुक्तिकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
उद्योग वाणिज्य संघ चितवनको यही पुस २९ गते हुने निर्वाचनका लागि शुक्रबार उम्मेद्वारी दर्ता गरिएको थियो । २५ सदस्यीय कार्यसमितिका लागि ३७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उवासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यले उम्मेद्धारी दर्ता गराएको छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र विष्णुप्रसाद कंडेलले उमेद्धारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी नेतृत्वका लागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योग, वाणिज्य, वस्तुगत र महिला उद्यमी तर्फको सदस्यमा मात्र मतदान हुने भएको छ । उद्योग तर्फ ६ जनाको पदका लागि आठ जनाको उमेद्वारी परेको छ । सदस्यहरुमा अशोक अधिकारी, ईं.कृष्णप्रसाद रिजाल, दुर्गाप्रसाद गौतम, विनोद पौडेल, भानुभक्त न्यौपाने, योगिता पिया, लिलाबहादुर क्षेत्री र सोमप्रसाद काप्रीले उमेद्वारी दिनुभएको छ । न्यौपाने र क्षेत्री उवासंघका लागि नयाँ अनुहार हुन् । अन्य सदस्य भने, अहिलेको कार्यसमितिमा छन् ।
यस्तै, वाणिज्य तर्फ ६ जना पदका लागि १० जनाको उमेद्वारी परेको छ । आनन्दराज राउत, चेतनारायण सापकोटा, थिरप्रसाद धिताल, पाण्डव ढकाल, बद्री पौडेल, राजेन्द्र सिग्देल, लक्ष्मी रिमाल पौडेल, विकास थापा, शिवप्रसाद ओझा, र ज्ञानप्रसाद न्यौपानेले सदस्य पदका लागि उम्मेद्धारी दिनुभएको छ । राउत, सापकोटा, ढकाल र सिग्देल उवासंघको कार्यासमितिमा नयाँ अनुहार हुन् ।

वस्तुगत सदस्य तर्फ ४ सदस्यका लागि ७ जनको उमेद्वारी परेको छ । जस्समा इश्वरप्रसाद खराल, तारानाथ पाठक, दुर्गदत्त कंडेल, धनप्रसाद पोख्रेल, बिनोदप्रसाद तिमल्सिना, शर्मिला न्यौपाने र हेमराज पौडेल हुनुहुन्छ । कंडेल, पोख्रेल न्यौपाने र पौडेल बाहेयक अन्य सदस्यहरु हालको कार्यसमितिमा रहेका छन् । महिला तर्फ एक पदका लागि दुई जनाको उमेद्वारी परेको छ । जसमा विमला अधिकारी र रजनी मास्के हुनुहुन्छ । उम्मेद्वारी फिर्ताको समयमा भोली विहान ११ बजेसम्म तोकिएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उवासंघ चितवनमा तीन हजार ७ सय ४७ जना मतदाता रहेका छन् । २९ गते ईलेक्ट्रिक भोटिङ मेसिनद्धारा मतदान हुनेभएको छ ।

शेयर गरौ

ताजा अपडेट