रत्ननगर महोत्सवको तयारी पूरा : फोटो पारखीलाई सेल्फी डाँडा

रत्ननगर २२ पुस । पुस २५ बाट सुरु हुने रत्ननगर महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तयारी भएको महोत्सव मुल समारोह समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिनु भयो ।
उद्घाटन पूर्व नेपाल माविको प्राङ्गढबाट विशाल शोभायात्रा निकालिने छ । रत्ननगर महोत्सव २०७६ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिव ५०० वटा स्टल रहने छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा गरेको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताउनु भयो ।
विगतमा जस्तै महोत्सव अन्र्तगत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको टांडी बजारमा मासुको खपत बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित पोल्ट्री विशेष तेश्रो चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको छ । यस पटकको फेस्टिबलमा पोल्ट्रीजन्य उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । फेष्टिवलमा कुखुराको मासु र अण्डाका परिकारहरुको प्रर्दशनी गरिने संयोजक ज्ञानबहादुर विसुरालले बताउनु भयो ।
फोटो खिच्नेको लागि सेल्फी डाडा
आजकल सेल्फीका सौखिनहरुले सुन्दर र रमणीय ठाउँको खोजी गरिरहेका हुन्छन । फेल्फी खिच्नकै लागि मानिसहरुले रमणीय ठाउँहरुको अबलोकन गर्छन ।
खासखरी आफुले खिचेको फोटोलाई सुन्दर बनाउन ठाउँ राम्रो हुनु आवश्यक पनि छ । फेल्फीका सौखिनहरुकै लागि यही पुस २५ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०७६ मा आयोजकले सेल्फी डाडाँ बनाइएको छ । वन्यजन्तुका आर्कषक चित्रसहित सेल्फी डाडाँ बनाइएको महोत्सव मुल समारोह समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिनु भयो । महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघले महोत्सवको आर्कषण कार्यक्रमको महोत्सव स्थलमै सेल्फी डाडाँ बनाइएको हो । महोत्सवमा सेल्फी डाडाँ सहित जीपलाईन सफारी पञ्चकन्या सामुदायिक वनमा जीप सफारी, हेलिकप्टरमा पर्यटकीय क्षेत्रहरुको अबलोकन लगायतका कार्यक्रम समावेश गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट