उवासंघको निर्वाचनमा अध्यक्ष राजु वरिष्ठमा चुननारायण उठ्ने सहमती

चितवन १७ पुस । उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि सहमती गरेर निर्वाचनमा जाने तयारी भएको छ ।
संघको अध्यक्षका लागि राजु श्रेष्ठ र वरिष्ठ उपाध्यक्षका लागि चुननारायण श्रेष्ठले उमेद्वारी दिने गरी सहमती गरिएको छ । संघका पूर्व अध्यक्षहरुसंग भएको सहमतीमा अहिलेलाई राजुलाई अध्यक्षमा सघाउने र अर्को निर्वाचनमा चुननारायणलाई अध्यक्ष दिने सहमती भएको हो ।
पूर्व अध्यक्षहरु बिच भद्र सहमती भएपछि गोला प्रथा गरिएको थियो । जसमा अध्यक्षमा राजु र वरिष्ठ उपाध्यक्षमा चुननारायणलाई गोला परेको छ । संघको विधान अनुसार निर्वाचनमा योग्य उमेद्वारले अध्यक्ष बरिष्ठ उपाध्यक्षमा उमेदवारी दिन सक्नेछ । तर संघका पूर्व अध्यक्षहरु बिच भएको भद्र सहमती कार्यान्वयन भएर सहमती अनुसारका उमेद्वारहरुले नै नेतृत्व लिने संघका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिनु भयो ।
चुननारायण अहिलेपनि बरिष्ठ उपाध्यक्ष हुनु भएको छ भने राजु यस अघिको निर्वाचनमा अध्यक्ष पदमा पराजित हुनु भएको थियो । सहमती भएपछि अब निर्वाचन प्रकृया सहज हुने अध्यक्ष प्रधानले बताउनु भयो ।
उवासंघ चितवनको सदस्यता नविकरणका लागि १ दिनको समय छ । मतदानको अधिकार प्राप्त ४४ सय सदस्यमध्य ३५५० जनाले नविकरण गरेका छन् । संघको ५३ औं साधारणसभा तथा अधिवेशन पुस २८ र २९ गते हुने छ ।

शेयर गरौ

ताजा अपडेट