चितवन समाचार डटकम,
१५ मङसिर । रनवे मर्मत गर्नको लागि भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द भएको छ ।
भरतपुर काठमाण्डौ र भरतपुर पोखरा गरी दैनिक १२ उडान मर्मतको कारणले प्रभावित भएका छन् । छिटो यात्रा गर्नेहरुका लागि विमान स्थल १० दिन लमो बन्द हुदा समस्या भएको छ । पश्चिम चितवनको मेघौलीमा रहेको विमान स्थल सञ्चालनको लागि कुनै ध्यान गएको छैन ।
दश वर्ष अगाडि मात्रै चालु अवस्थामा रहेको मेघौली विमान स्थल अहिले बन्दको अवस्थामा छ । भरतपुरमा बन्द भएकै समयमा मेघौलीलाई सञ्चालनका लागि केही व्यक्तिहरुले मेहनत गरे तर सफल हुन सकेका छैनन् । मेघौली विमान स्थलमा साना जहाज मात्र अवतरण गर्न सक्ने भएकाले त्यहाँ उडान नभरेको वुद्ध एयर भरतपुरका इन्चार्ज भक्त वस्नेतले बताउनु भयो ।
हामीसंग साना जहाज छैन ठुला जहाजलाई रनवे छोटो हुन्छ उहाले भन्नु भयो त्यसमा पनि घासे मैदान छ जोखिम मोलेर किन ल्याउने । तर भरतपुर विमान स्थलका प्रमुख पवन गौतमले भने मेघौली विमान स्थलमा जहाज आउदा कुनै समस्या नभएको बताउनु हुन्छ । ठुला जहाज आउन सक्दैन साना जहाजलाई समस्या छैन । त्यहा भएको घास काटेर सफा बनाइएको छ नियमित तथा चार्टर गर्दा समस्या छैन गौतमले भन्नु भयो ।
भरतपुर विमान स्थल १० दिन बन्द
१७ वर्ष अगाडि कालोपत्रे गरेको सडकको सामान्य मर्मत बाहेक अन्य काम नभएपछि अहिले त्यसमा ओभरल्याप गर्नको लागि मंसिर १५ देखि १० दिन बन्द गरिएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयकाल प्रमुख पवन गौतमले भन्नु भयो ‘सामान्य पिच टाल्ने काम भएको थियो, तर पुरै मर्मत भएको थिएन, लामोसमय भएकाले अहिले जहाज बन्द गराएरै काम गर्न थालिएको हो ।’
मङसिर १५ देखि २४ गतेसम्म विमानस्थल बन्द गराएरै काम हुने उहाले जानकारी दिनु भयो । बन्द गराउदा विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिएको प्रमुख पवन गौतमले बताउनु भयो ।
गौतमले भन्नु भयो ‘१० दिन बन्द गरेर करिब १२ सय मिटरको धावनमार्गमा ओभरले गछौं, पार्किङ पनि विस्तार गरेर सुविधायुक्त बनाउँछौं,।’ मुख्य धावनमार्गको दायाँ र बायाँको सबै भागमा काम सम्पन्न भइसकेको छ । निर्माणको ठेक्का पाएको कम्पनीले साँझ ६ बजेदेखि विहान ६ बजेसम्म काम गरेको प्रमुख गौतमले बताउनु भयो । मुख्य कालोपत्रे भागमा विमान बन्द नगराइ काम गर्न समस्या हुने भएपछि १० दिनको लागि समय छुट्टाएको उहाले बताउनु भयो ।
यो विमान स्थलमा सन् २००२ मा कालोपत्रे गरिएको थियो । त्यसपछि भत्केको स्थानमा टाल्ने काम मात्र भएको कार्यालयले जानकारी दिएको छ । अहिले विमानस्थलको रनवे ठाउँ–ठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्ने योजना बनाइएको प्रोजेक्ट इन्चार्ज हिमज्योति थापाले बताउनु भयो । जुगेडीमा रहेको प्लान्टबाट असफाल्ट ल्याउनुपर्दा स्थानीयले रातिमा ल्याउन नदिएका कारणले पनि समस्या भएको प्रोजेक्ट इन्चार्ज थापाले बताउनु भयो ।
विमानस्थल ओभरले गर्दा ६० एमएमको पिच हुनेछ । रातिको समयमा चिसो मौसम भएकोले काम गर्न नसक्ने तथा दिउँसोमा विमानहरुका कारणले काम गर्न असहज भएको थियो । गत वर्षकै कार्यक्रमको निरन्तरता अन्तर्गत रनवे ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो । रनवेमा विमानलाई समस्या हुँदै आएको देखेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । नेपाल भ्रमण वर्ष सुरु हुनु भन्दा अगाडि पर्यटकहरुको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताउनु भयो ।
७० र ७० मिटर रहेको पार्किङलाई बढाएर ९० र ८० को बनाउन खोजिएको छ । अहिले साना जहाज चारवटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि चार करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैयाँ लागत अनुमान गरिएको छ ।
६२ बिगाह क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर–पोखरा एक एक उडान गर्दै आएका छन् । यहाँबाट दैनिक ८०० यात्रुले सेवा लिँदै आएका छन् ।


