त्रिभुवन विमानस्थलबाट ८ किलो सुन बरामद : चीनिया नागरिक पक्राउ

काठमाडौं १३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति ८ किलो सुन बरामद भएको छ । सुनसँगै दुई जना चिनिया नागरिकसमेत पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ । उनीहरु हङकङबाट नेपाल आएका थिए ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । उनीहरु नेपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।

शेयर गरौ

ताजा अपडेट