मध्यम सामग्रीमा कृषकको आकर्षण

"१० करोडको कारोबार गर्दै सकियो कृषि प्रदर्शनी"

चितवन समाचार डटकम,
९ मङसिर । चितवनको भरतपुरमा चारदिनसम्म सञ्चालन भएको कृषि यान्त्रीकरण प्रदर्शनीमा मध्यम स्तरको सामग्रीमा किसानको आकर्षण वढेको पाइएको छ ।
मेलामा अवलोकनका लागि आएका किसानले बाली भित्राउने सामग्री, खानजोत, थोपा सिचाइका साधनमा चासो देखाएका थिए । मेला आयोजक मध्यका एक नेपाल कृषि मेसिनरी व्यवसायी संघका कोषाध्यक्ष अर्जुनप्रसाद लुइटेलले भन्नु भयो ‘सानादेखि ठुला लगानीका कृषि मेसिनरी भएपनि मध्यम स्तरका सामग्रीमा किसानको चासो बढेको पाएका छौ ।’
चितवनमा गरिएको प्रदर्शनी चौथो हो उहाले भन्नु भयो ‘अगाडिका प्रदर्शनीमा भन्दा अहिलेको मेलामा किसानको चासो र खरिदका लागि बुकिङ धेरै भएको पाएका छौ ।’ एकसय रुपियाँको सामग्रीदेखि ४० लाखसम्मका सामग्री प्रदर्शनमा राखेका थियौ उहाले भन्नु भयो । तर किसानको चासो एकलाख रुपियाँ र त्यरको वरीपरिको लागतका सामग्रीमा धेरै देखियो । उहाका अनुसार आफ्नो आवश्यकताको आधारमा खरिद तथा अर्डर गर्नेको सख्या धेरै भएको छ ।
कृषि क्षेत्रमा आएको परिवर्तन र परम्परागत खेती गर्दा हुने दुःख, घाटा लगायतको विषयमा जानकारी दिएकाले प्रदर्शनी फलदायी भएको मेला आयोजकका महासचिव कृष्ण शर्माले बताउनु भयो । शर्माका अनुसार २० भन्दा धेरै मुलुकका दुइहजार भन्दा धेरै प्रकारका कृषि औजार प्रदर्शनी राखिएको थियो ।
एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि औजारका विषयमा जानकारी पाएकाले कृषकका लागि धेरै उपयोगी भएको आफूले पाएको बताउनु भयो । प्रदर्शनीले नीति निर्माणका लागि सहयोग पुग्ने, यन्त्रका विषयमा जानकारी हुने, लगानीका अवसरहरु सिर्जना हुने, यन्त्रहरु प्रयोग गर्नको लागि जानकारी भयो ।
प्रदर्शनीमा एकसय भन्दा धेरै प्रदर्शनीकर्ता रहेका थिए । ७० जिल्लाका ५० हजार भन्दा धेरैले दर्शकले अवलोकन गरेको प्रदर्शनीमा करिब १० करोड बराबरको कारोबार भएको कोषाध्याक्ष लुइटेलले जानकारी दिनु भयो ।
यस अघि पहिलो पटक नारायणगढमा, दोस्रो कोहलपुर, काठमाण्डौ, धरान हुने अहिले चितवनको भरतपुरमा आयोजना गरिएको हो । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश सरकार भूमि व्यवस्था मन्त्रालय र कृषि मेसिनरी व्यवसायी महासंघको संयुक्त रुपमा आयोजना रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट