सयपत्री फुलमा आत्मनिर्भर बन्दै चितवन

चितवन समाचार डटकम,
८ कात्तिक । यस वर्षको तिहारमा जिल्लाको मागलाई यही उत्पादन भएको यसपत्री फूलले पुग्ने भएको छ ।
हरेक वर्ष भारतबाट आयात हुने फूलको भर पर्नु पर्ने उपभोक्तालाई जिल्लामा उत्पादन भएको फूलले पुग्ने भएको हो । पुष्प व्यवसायी संघ चितवनका अध्यक्ष प्रकास पन्तले भन्नु भयो ‘तिहारमा प्रयोग हुने सयपत्रीको मालाको लागि अब भारतबाट ल्याउनु पर्दैन ।’ जिल्लाको माग भनेको ६० हजार माला हो त्यो हामीले यही उत्पादन गर्न सकेका छौ उहाले भन्नु भयो ।
व्यवसायी फुल खेती गर्ने किसानको सख्या वढेको र गाउघरमा पनि फूल भएकाले यस वर्ष भारतबाट ल्याउन नपर्ने भएको हो । कृषि ज्ञान केन्द्र चितवनले दिएको तथ्याँङमा जिल्लामा गत आर्थिक वर्षमा १० विगाह क्षेत्रफलमा फुल खेती हुने गरेको थियो । चालु आर्थिक वर्षमा व्यवसायिक फुल खेतीको क्षेत्रफल वृद्धि भएर १५ विगाह पुगेको छ ।
पुष्प व्यवसायी पन्तले भन्नु भयो ‘थुगा फुल, प्लाष्टिकको फुल बाहेक माला मात्रै ६० हजार भन्दा धेरै जिल्लामा जिल्लामा बिक्री हुने गरेको छ ।’ ती सबै माग यही उत्पादन भएको फुलले पुग्ने अवस्थामा छ त्यसैले यहाँको मागमा हामी आत्मनिर्भर भएका छौ । सहकारी मार्फत पनि जिल्लाका विभिन्न स्थानमा फुलखेती गर्नेको सख्या वढेको कार्यालयले जानकारी दिएको छ ।
तिहारमा सयपत्री फुलको माग धेरै हुने गरेको छ । गाउघरमा पनि फुल हुने भएकाले यसको धेरै प्रतिशत घरमा नै फुलेका फुलले पु¥याउने गरेका व्यवसायीले जानकारी दिएका छन् । सामान्य करेसाबारीमा पनि फुल नलगाउनेहरुको हकमा भने खरिद गर्नु पर्ने हुन्छ । अहिलेको समय फुल फुल्ने भएकाले बजारमा धेरै माग नहुने व्यवसायीको भनाइ छ ।
संगम कृषि महिला समूह भरतपुर ९ का संयोजक शोभादेवी पाण्डेले भन्नु भयो ‘समूहमा साथीको सल्लाहमै गरिएको फूल खेतीले राम्रो गरेको छ माग अत्याधिक छ ।’ अहिले परीक्षणका रूपमा सयपत्री फूल तयार गरेका छौं, सफल भएमा यसलाई व्यावसायिक रूपमा नै अगाल्दै अगाडि बढ्नेछौं । यसै वर्षबाट यस महिला समूहले सुरु गरेको पुष्पखेतीमा शोभालगायत उहाको समूहलाई अहिले फूल बिक्री गर्न चटारो छ । समूहका १५ जना दिदी–बहिनी मिलेर प्रति व्यक्ति ६ हजार रुपैयाँका दरले लगानी गरिएको छ । यसमा आवश्यक रकम लगानी गर्न प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको संयोजक पाण्डेले जानकारी दिनु भयो ।
समूहकी कोषाध्यक्ष शकुन्तला न्यौपानेले भन्नु भयो ‘ काम गरे आम्दानी हुने रहेछ भन्ने उदाहरण हामी बनेका छौ, मेहनत गरेका थियौ अहिले बिक्री गर्न समस्या छैन ।’ पाँच कट्ठा क्षेत्रफलमा लगाइएको सयपत्री फूल प्रतिथुँगा दुई रुपैयाँमा र प्रतिमाला ८० रुपैयाँमा बिक्री हुने गरेको छ ।
वर्षको ३० हजार भाडामा लिएर पुष्पखेती गरिएको छ । सदावहार जग्गाको सदुपयोग होस् भनेर समूहले तरकारी खेती र आफ्नै नर्सरी पनि बनाएको छ । कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनकी वागवानी विषय प्राध्यापक कल्याणी मिश्रले भन्नु भयो ‘कम्तीमा पनि आफूलाई आवश्यक पर्ने फूल आफ्नै आँगनमा फुलाउन सक्ने हो भने लाखौं रुपैयाँ विदेश जान रोकिने थियो । नेपालको जैविक विविधता, वातावरण, भुबनोवट पुष्पखेतीका लागि उपयुक्त छ ।’ एउटा घरमा कम्तीमा पनि पाँचवटासम्म बिरुवा हुर्काउने हो भने पर्याप्त हुन्छ । एउटा बोटमा ८० वटासम्म थुँगा फुल्ने उहा बताउनु हुन्छ ।
तिहारको समयमा अत्यधिक प्रयोग गरिने सयपत्री फूलको व्यावसायिक खेती तराईका जिल्लामा नहुँदा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ ।

शेयर गरौ

ताजा अपडेट