चितवन समाचार डटकम
३२ साउन ।
यस वर्षको चाढपर्वमा चितवनमा तरकारी महंगो हुने भएको छ ।
जिल्लामा उत्पादनको लागि रोपिएका वेसिजनका तरकारीवालीमा पानीले असर पारेपछि महंगो हुने भएको हो । तरकारी जोनका प्रमुख मेघनाथ तिमल्सिनाले भन्नु भयो ‘दशै तिहारमा टिप्न मिल्ने गरी लगाइएको तरकारी बालीमा पानी जमेर असर पारेपछि उत्पादनमा हस आउने भएको छ ।’
जोन अन्तरगत ९ सय विगाह क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । त्यस मध्य बेसिजनमा एकसय ५० विगाह क्षेत्रफलमा तरकारी लगाएको जोन प्रमुख तिमल्सिनाले बताउनु भयो । अहिले लौका, भिण्डी, वोडी, भण्टा, चिचिन्डा करेला, सागलगायतका तरकारी लगाइएको छ ।
पानीको कारण ३० हेक्टरमा लगाएको तरकारी नष्ट भएको छ । वेसिजनमा तरकारी लगाउने ठाउँको अभाव र कृषकको चाहना पनि कम हुने समस्या रहेको उहाले बताउनु भयो । प्रोत्साहन गरेर लगाइएको तरकारी बालीबाट एकहजार मेट्रिक्टन तरकारी उत्पादन हुने अनुमान गरिएको थियो । तर पानीले असर पारेपछि किसान चिन्तित भएका छन् ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका भित्र तरकारी जोन रहेको छ । महानगरको १९, २०,२१, २२ वडाका किसानले जोन अन्तरगत तरकारी बाली लगाउदै आएका छन् । जोन कार्यालयले तरकारी वाली लगाउदा ध्यान दिनु पर्ने कुराको बारेमा जानकारी गराउने गर्दछ । वेसिजनमा तरकारी खेती तर्फ आकर्शित गर्नको लागि अनुदानको व्यवस्था गरे चाढपर्वमा तरकारीको अभाव र महंगो नहुने जोन प्रमुख तिमल्सिनाले बताउनु भयो ।
जोन अन्तरगतका क्षेत्रमा अधिकाँस किसान धान खेती गर्नलाई नै आकर्शित हुने भएकाले तरकारीको खेती कम भएको कार्यालयले जानकारी दिएको छ ।
फाइल फोटो


