चितवन ३१ साउन । नेकपाको आज बसेको सचिवालय बैठकले पार्टीको अर्थ तथा योजना विभागमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।
पार्टीका स्थायी कमिटी सदस्य तथा चितवनको निर्वाचन क्षेत्र नंं १ का प्रतिनिधि सभा सदस्य पाण्डेलाई अर्थ विभागको जिम्मेवारी दिएको हो । पूर्व अर्थमन्त्री समेत रहेका पाण्डे आर्थिक तथा योजनाका विषयमा विशेष दख्खल राख्ने गर्नु हुन्छ । माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमा अर्थमन्त्री हुनु भएका पाण्डे सफल अर्थमन्त्रीको रुपमा चर्चा पाउनु भएको थियो ।
बजेट निर्माणको समयमा समेत उहाले आर्थिक मामिलाको विषयमा सरकारलाई परामर्श दिने गर्नु हुन्छ । देशको विकास निर्माण र आर्थिक रुपले सफल बनाउनको लागि नयाँ योजनाहरु उहाले सार्वजनिक गर्दै आउनु भएको छ । देशलाई भ्रष्टाचार नियन्त्रण गर्नको लागि ५ सय र एकहजारका नोट प्रतिवन्ध लगाएर आर्थिक कारोबार बैंक मार्फत गर्न लगाउनु पर्ने धारणा राख्दै आउनु भएको छ ।


