सुनको मुल्य अहिलेसम्म कै महंगो, तोलाको ७१ हजार ५ सय रुपैयाँ

काठमाडौं, ३० साउन :

सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ ।

सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्म कै महंगो हो । बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो । यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

शेयर गरौ

ताजा अपडेट