चितवनको दालमोठ उधोगमा आगलागी : निभाउने कार्य जारी

चितवन १८ चैत । भरतपुर महानगरपालिका ४ धारापानी स्थित दालमोठ उधोग सरस फुडमा आज बिहान आगलागी हुदा लाखौको क्षति भएको छ ।

बिजुली सर्किट सट भएर बिहान ४:४५ बजे लागेको आगो नियन्त्रण कार्य जारी रहेको छ । आगलागी नियन्त्रण कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो ।  आगोलागी नियन्त्रणका लागि ४ वटा दमकल प्रयोग गरिएको छ।

आगलागी बाट लाखौको क्षति भएको प्रहरीले बताएको छ । क्षतीको विवरण संकलन जारी रहेको छ ।

 

शेयर गरौ

ताजा अपडेट