बन्द अबधिभर बैंकको व्याज र घरभाडा छुट दिन उवासंघ रत्ननगरको माग

चितवन १० चैत । रत्ननगर उधोग वाणिज्य संघले व्यवसाय बन्द भएको अबधिभर बैंकको व्याज र घर भाडा छुट गर्न माग गरेको छ।

रत्ननगर उधोग वाणिज्य संघले आज जारी गरेको विज्ञप्तीमा यस्तो माग गरिएको हो । संघका अध्यक्ष  राजाराम रेग्मी द्वारा जारी विज्ञप्तीमा कोरोना भाइरसको संक्रमण बाट बच्नको लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेर बस्न समेत अनुरोध गरिएको छ । साथै विषम अबस्थामा उपभोग्य सामान सर्वसुलभ उपलब्ध गराउन व्यबसायीलाइ अनुुुुुरोध गरेेेको छ ।

कोहि कसैले अनुचित फाइदा उठाउने गरि धेरै मुल्य लिएको पाइएमा स्वयम् सजाय को भागिदार हुने जनाइएको छ ।

शेयर गरौ

ताजा अपडेट