महोत्सब स्थगित : ठुला उत्सब जमघट समेत नहुने

चितवन २२ फागुन । कोरोना भाइसको संक्रमण हुन नदिनको लागि जिल्लामा आयोजना हुने मेला महोत्सब सबै बन्द गरिएको छ ।
जिल्ला प्रशसान कार्यालय, महानगरपालिका तथा स्थानीय तहहरुले सूचना जारी गरी मानिसको जमघट हुने उत्सबहरुलाई रोकेको हो । यसको प्रभाव भरतपुर महोत्सब, मेघौली महोत्सब तथा परेवाकोट महोत्सब परेको छ । मेला महोत्सबमा भेला हुदा संक्रमण फैलिन सक्ने भन्दै प्रशासनले सतर्क गराएको हो ।
यस्तै गरी विवाह, व्रतवन्ध तथा उत्सबहरुमा धेरै मानिसको जमघट नगर्न समेत प्रशासनले अनुरोध गरेको छ । यसको प्रभाव जिल्लामा परेको छ । विभिन्न मितिमा तोकेका पारिवारिक जमघटमा समेत निमन्त्रणा घटाएका छन् । यस्तै गरी राजनीतिक दलले आफ्ना पार्टीका गतिविधिलाई केही समयलाई स्थगित गरेको छ ।
मेला महोत्सव नगर्न महानगरको अनुरोध
भरतपुर महानगरपालिकाले स–साना पारिवारिक जमघट, भेटघाट बाहेकका जात्रा, पर्व, मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले हस्ताक्षर गरी जारी गरिएको सूचनामा त्यस्ता कार्यक्रममा सहभागी नहुनसमेत अनुरोध गरिएको छ । यस सूचना विपरीत यस्ता कार्यक्रम सञ्चालन गरेमा नियमानुसार कारवाही हुने जनाइएको छ ।
यसै गरी दुइदिन अगाडि जिल्ला प्रशासन कार्यालय चितवनले विज्ञप्ति जारी गरी मेला महोत्सब, धेरै जमघट हुने उत्सब नगर्न अनुरोध गरेको छ । अत्यावश्यक काम बाहेक भिड हुन स्थानमा नजान समेत सचेत गराएको छ ।

शेयर गरौ

ताजा अपडेट