महोत्सवले पर्यटन प्रवद्धृन गर्न मद्दत गर्दछ : मन्त्री नेपाल

मेघौली १८ फागुन । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि पश्चिम चितवनको मेघौलीमा महोत्सव सुरु भएको छ ।
पाँचौ मेघौली महोत्सबको भव्य कार्यक्रमका बीच उद्घाटन भएको छ । मेघौलीको एयरपोर्ट परिसरमा आयोजना गरिएको महोत्सबमा स्थानीय जातजातिको सास्कृतिक कार्यक्रम, कला प्रस्तुत गरिएको थियो ।
महोत्सबको उद्घाटन गर्दै बाग्मती प्रदेशका वाताबरण तथा पर्यटनमन्त्री अरुण नेपालले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनको लागि महोत्सबको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । यस्ता कार्यक्रमले यहाँको सस्कृति, कला, पर्यटकीय स्थानको परिचय झल्कने बताउनु भयो । आफ्नो क्षेत्रको प्रचार प्रसारमा स्थानीयको सक्रियता आवश्यकता रहेको बताउनु भयो ।
मेघौली क्षेत्रको विभिन्न समस्या समाधानको लागि भन्दै ११ बुदे ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापन पत्र ग्रहणको पश्चात समारोहलाई संबोधन गर्दै पर्यटनमन्त्री नेपालले स्थानीयको समस्या समाधान गर्न आफू तयार भएको जानकारी दिनु भयो ।
कार्यक्रममा मेघौलीवासी थारु, मगर, कुमाल, दरै, बोटे, तमु लगाएतका जातजातीहरुले आफ्ना खानाका परिकारको प्रदर्शनको साथै साँस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तब्यमार्फत अतिथीहरुको स्वागत गर्दै महोत्सब सहसंयोजक श्याम अधिकारीले २०१७ सालमा सुरु भएको मेघौलि एयरपोर्ट यथासिघ्र संचालनको माग को साथमा चितवन राष्ट्रीय निकुञ्जका बन्यजन्तु र मानव बिचको द्धन्द समाधानको माग गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट