चितवन ४ माघ । विवाह व्यवस्थापनमा हुने जटिलतालाई सहज बनाउने उद्देश्यले चितवनको नारायणगढमा वेडिङ एक्स्पो हुन लागेको छ ।
दाताज ईभेन्टले नारायणगढको नारायणी नदि किनारमा यस्तो मेला गर्न लागेको हो । विवाहका लागि आवश्यक पर्ने कार्ड, व्युटिसियन, फूल सजावटदेखि सुन, चाँदीसम्मका स्टलहरु रहने भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिनु भयो । विवाहमा चाहिने सामाग्रीको जानकारी दिने हिसाबले आयोजना गरिएको दाताज ईभेन्ट्सका प्रबन्ध निर्देशक दाताराम घिमिरेले बताउनु भयो । माघ ८ गतेदेखि ११ गतेसम्म एक्स्पो सन्चालन हुने छ । मेला खरिद विक्रीका लागि नभई जानकारी दिने उद्देश्यले आयोजना गरिएको घिमिरेले बताउनु भयो ।
७० वटासम्म स्टल रहने मेलामा २० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलामा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ । चितवनमा यस्तो प्रकारको मेला नयाँ भएको उहाले जानकारी दिनु भयो । विवाहमा हुने व्यबस्थापन सम्बन्धी विभिन्न सस्थाले काम गर्दै आएको छ ।


