वर्षाले चितवनको उद्योगमा एक करोड वटा ईटा नष्ट

चितवन समाचार डटकम,
२८ मङसिर । दुइदिनदेखि परेको पानीका कारण चितवनका ईटा उद्योगले पोल्न तयार पारेको लाखौ इटा नोक्सान भएको छ ।
विहीबार रातिदेखि शुक्रबारसम्म परेको पानीले चितवनको १८ वटा उद्योगले पोल्नको लागी तयार पारेको ईटामा क्षती पुगेको हो । ईटा उद्योग संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद अधिकारीले भन्नु भयो ‘पोल्नको लागि तयारी अवस्थामा रहेको लाखौ काचो ईटा पानीले काम नलाग्नेगरी क्षती पारेको छ ।’ एउटा ईटा उद्योगले कम्तीमा पनि अहिले १५ लाख काचो ईटा पोल्नको लागि तयारी अवस्थामा रहेको थियो ।
‘दुइदिनदेखि परेको पानीले गर्दा तिसबै पग्लेका छन् ’अधिकारीले भन्नु भयो ‘गएको वर्षमा पनि माघ महिनामा परेको पानीले ६ करोड रुपैयाँ भन्दा धेरै नोक्सान भएको थियो अहिलेपनि नोक्सान भएको छ ।’ अहिलेको पानीले के कती नोक्सान भएको भन्ने विषयमा विवरण संकलन भइराखेको उहाले जानकारी दिनु भयो । चितवनका ईटा उद्योगले यस वर्षकोलागि काचो इटा बनाएर पोल्ने तयारी गरेका थिए ।
केहीले उद्योगमा आगो लगाउने तयारी गरेका थिए भने केहीले पुसको पहिलो हप्ताबाट आगो लगाउने योजनामा थियो उहाले भन्नु भयो । पोल्नको लागि तयारी अवस्थामा रहेको करिब एक करोड वटा इटामा क्षती भएको उपाध्यक्ष अधिकारीले जानकारी दिनु भयो । खनाल ईटा उद्योगका सञ्चालक इश्वरी पण्डितले भन्नु भयो ‘पुसको पहिलो हप्तामा ईटा उद्योगको चिम्नीमा आगो लगाउने तयारी थियो, तर पानीले तयारी सामान सबै ववार्द भयो ।’ पण्डितले भन्नु भयो ‘१५ लाख वटा काँचो ईटा सबै पानीले पगालेको छ, ईटा तयार बनाउनको लागि लागेको मजदुर खर्च सबै गयो ।’
‘गएको वर्षपनि पानीले एक करोड रुपियाँ भन्दा धेरै खर्च भएको थियो’ पण्डितले भन्नु भयो ‘यस वर्षपनि करोड रुपैयाँ भन्दा धेरैको नोक्सान भएको छ, तर त्यसको लागत रकम संकलन गर्दैछौ ।’ कात्तिक महिनाबाट उद्योगमा ईटा निर्माणको काम सुरु हुने गर्दछ । करिब दुइ महिना ईटा बनाएपछि पोल्नको लागि उद्योगको चिम्नीमा आगो लगाउने गरिन्छ । आगो लगाएपछि यस वर्ष ईटा उद्योग बन्द नहुदासम्म आगो लगाइन्छ । बनाएर सुकाएको काँचो ईटा पानीले नष्ट गरेपछि पुन अर्को बनाउन समय लाग्ने हुन्छ उद्योगी नरेश अधिकारीले बताउनु भयो ।
एउटा ईटा निर्माण गर्नको लागि मजदुरलाई एक रुपियाँ दिने गरेको छ । निर्माण गरिसकेको ईटामा लगानी भइसकेकाले अब त्यसको रकम उठाउन नसक्ने अधिकारीले भन्नु भयो । पानीले तयारी पारेको ईटा डुबाएको छ । वर्षाले क्षती पारेपछि यहाँका उद्योगीहरु लागत रकमको विवरण संकलनको लागि जुटेका छन् ।

शेयर गरौ

ताजा अपडेट