चितवन ३० कार्तिक । दुइदिनदेखि चितवनका विभिन्न कार्यक्रममा सहभागी हुनु भएका ३ नं. प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले सहयोग गर्ने आश्वासन दिनु भयो ।
तपाइहरु योजना ल्याउनुहोस प्रदेश सरकारले सहयोग गर्छ । उहाको यही अभिव्यक्ति जिल्ला भ्रमणमा रहदा भएको थियो । आज मुख्यमन्त्री पौडेलले अस्पताल, मन्दिर, प्राविधिक शिक्षालय, निर्माणाधिन इको पार्कको, चित्रसारी गेट, थारु संस्कृति संग्रहालय, सौराहाको राप्ती ड्याकको स्थलगत अबलोकन गरेका हुन ।
अबलोकनका क्रममा आर्थिक अभावका कारण विकासको क्रम रोकिएका ठाउँमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन । मुख्यमन्त्री पौडेले रत्ननगरको चित्रसारीमा निर्माण गरिएको सौराहा प्रवेशद्धारमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रवेशद्धारमा प्रदेश सरकारद्धारा निर्मित भनेर लेख्नुहोस उनले भने अब कति लगानी गर्नुपर्छ प्रदेश सरकारले लगानी गर्ने छ ।
बछौली माविमा होटल म्यानेजमेण्टको अबलोकन गर्दै मुख्यमन्त्री पौडेलले ल्याब सञ्चालन र पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री पौडेलले पूर्वी चितवनको एकमात्र सरकारी अस्पतालको पनि अबलोकन गरेका छन । अबलोकनका क्रममा उनले अस्पतालको स्तर उन्नती गरी डाक्टरको दरबन्दी र भौतिक पूर्वाधार निर्माण गरिने बताए । अस्पतालका विषयमा मेयर नारायण वन,निर्वतमान अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ र डा.रुथ गोन्सेथले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।
मुख्यमन्त्री पौडेलले बछौलीमा रहेको थारु संस्कृति संग्रहालय तथा अनुसन्धान केन्द्रको पनि अबलोकन गरेका छन । संग्रहालयको विषयमा अध्यक्ष वीरेन्द्र महतोले जानकारी गराएका थिए । मुख्यमन्त्री पौडेलले जिरौनामा रहेको श्रीकृष्णप्रणामी मन्दिर धर्मधाम, पञ्चकन्या सामुदायिक वनले सञ्चालन गरेको मनिखोला पार्क र रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण सुरु गरेको इको टुरिजम पार्कको समेत स्थलगत अबलोकन गरेका छन ।
इको टुरिजम पार्कमा वडाध्यक्ष रोशन आचार्य, कार्यपालिका सदस्य सरस्वती लामा, टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष इश्वरी प्रसाद लामिछाने, समाजसेवी चिन्तामणि आचार्यले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए । त्यस्तै धर्मधाम जिरौनामा निर्वतमान अध्यक्ष तिलकराज शर्माले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए । मुख्यमन्त्री पौडेलले मनिखोला पार्कको विस्तारको लागि गुरुयोजना बनाएर प्रदेश सरकारमा पेश गर्न आग्रह गरेका छन । इको टुरिजम पार्कमा पूर्वाधार निर्माणको लागि नगरपालिका मार्फत प्रदेश सरकारसंग बजेट माग गर्न आग्रह गरे । अबलोकन कार्यक्रममा प्रदेश सभा सांसद कन्चन खनाल,मेयर नारायण वन,उपमेयर विमला दुवाडी,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया,वडाध्यक्ष केशव आचार्य लगायतको सहभागिता रहेको थियो । सौराहा प्रवेशद्धारका विषयमा क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई,उपाध्यक्ष राममणि खनाल,कोषाध्यक्ष माधव दुवाडी,व्यवसायी धु्रव गिरी,संघका पूर्व अध्यक्ष तथा निर्माण समितिका संयोजक नारायण भट्टराईले जानकारी गराएका थिए ।


