काठमाडौ १० कार्तिक । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट नगद र चेक गरी साढे ५ करोड बढी रकम बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
जुवा खालबाट २ करोड ६७ लाख नगद र ३ करोडको चेक बरामद गरिएको सुवेदीले बताए । महाराजगञ्जस्थित होटल साम्लाको पछाडी रहेको बिक्रम पौडेलको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुकोबारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।


