चितवन ६ कार्तिक । महिला मात्र सहदस्य भएर सञ्चालन गरेको प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अब पुरुषलाई सदस्य बनाउने भएको छ ।
दशै तिहार छठ तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर पुरुष शेयर सदस्यहरुलाई प्रवेश गराएको हो । यस अगाडि महिला मात्रै शेयर सदस्य रहेको सहकारीमा आज पुरुष सदस्यता विस्तार गरिएको हो । मिलनबाबु घिमिरेलाई भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले पुरुष सदस्यको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रमका उपप्रमुख शाहाले अब समावेशीमा जानु पर्छ भनेर जुन उदेश्यका साथ सहकारीले पुरुषलाई पनि शेयर सदस्य बिस्तार ग¥यो त्यो उदारणीय रहेको बताउनु भयो । अब देश समृद्धि तर्फ गईसकेको भन्दै उप्र प्रमुख शाहले हामीले कति कमायौ भन्दा पनि कति बचत गयौ भन्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो । केही वर्ष अगाडिसम्म थोरै ऋण पनि महिलाले पाउन नसक्ने अवस्था रहेकोमा अहिले महिलाद्धारा सञ्चालित सहकारीले एकै पटकमा २५ लाखसम्म ऋण दिने सक्ने अवस्था आउनु आफैमा सुखद रहेको बताउनु भयो ।
कार्यक्रममा नेफ्स्क्युन सञ्चालक समिति सदस्य शान्ति अधिकारीले स्थापनाकालदेखि महिलाले मात्रै सहकारी सञ्चालन गरेको अवस्थामा अब पुरुषसंग पनि हातेमालो गरेर अगाडि बढ्ने उदेश्यका साथ सहकारीले पुरुष सदस्यता विस्तार गरेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर ३ को बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य तेजेन्द्रबहादुर खड्काले नयाँ कानुन विधि र प्रविधिहरु आएको भन्दै त्यससंग जुध्न अब सहकारीहरु एकिकरणको अभ्यासमा जानु पर्ने बताउनु भयो । सहरकारी मार्फत सहकारीका सदस्यहरुको जीवनस्तर उकासिएको भन्दै अब सहकारीहरु सदस्यमा केन्द्रित हुने बताउनु भयो । खड्काले भरतपुर महानरगपालिकाले व्यवसाय करका लागि लगाएको कर अव्यवहारिक भएको भन्दै त्यसका लागि सम्बन्धीत निकाएको ध्यानकर्षण गराउने बताउनु भयो ।
कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष केशब रेग्मी, तारापुञ्ज बचत तथा ऋण सहकारी अध्यक्ष सुदीप रेग्मी, जयकाली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष कल्याणी ढकाल, प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकारहरु भगवती घिमिरे, भगवती पौडेल, कल्याणी मिश्र त्रिपाठी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षता रहेको थियो भने उपाध्यक्ष बिमला तमाङ्गले स्वागत मन्तव्य दिनु भएको थियो ।
भरतपुर महानगरपालिका वडा न १२ मालपोत चोकमा मुख्य कार्यालय रहेको यस सहकारीको तीन स्थानमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । वि स २०५२ साल माघ २६ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा आएको यस सहकारीमा अहिले करिब चार हजार ६ सय शेयरर सदस्य रहेकका छन् । आफ्नो टोल छिमेकमा छरिएर रहेका थोरै थोरै पूजीलाई एकिकृत गरी संस्थागत तथा सामाजिक बिकासलाई प्रबद्र्धन गर्न प्रभात दिदी बहिनी सहकारी सफल भएको छ ।
फाइल फोटो


