चितवन समाचार डटकम, २९ साउन ।
आन्तरिक राजस्व कार्यालय भरतपुरमा स्थायी लेखा नम्वर लिनेको संख्या ह्वातै बढेको छ ।
पछिल्लो एक महिनामा अवधिमा कार्यालयबाट एघार हजार २ सय ३ जनाले स्थायी लेखा नम्वर ( पान नम्वर ) लिएको कार्यलय प्रमुख सुबप्रसाद रिजालले जानकारी दिनुभयो ।

नयाँ आर्थिक ऐन अनुसार हरेक रोजगार ब्यक्तीले पान नम्वर लिनुपर्ने अनिवार्य ब्यबस्था भएकाले यसका लागि कार्यालयमा भिड बढेको प्रमुख रिजालले बताउनुभयो ।
ब्यक्तिगत पान नम्वर लिनेको संख्या सबैभन्दा बढी छ । कार्यालयले दिएको जानकारी अनुसार ७ हजार ८ सय उनान्सत्तरी जनाले ब्यक्तिगत पान नम्बर लिएका छन् ।
गत बर्षको यसै साउन महिनामा जम्मा १ हजार ५ सय अठ्ठाईस जनाले पान नम्बर लिएका थिए । तर यो संख्याको सात गुणा बढी यस बर्षको साउन महिनामा पान नम्वर बितरण भएको छ ।
ब्यक्तीगत र संस्थागत रुपमा पान नम्वर लिन आउनेले फर्म दर्ता गर्ने गरेका छन् । कम्पनी वा संस्थाहरुले कर्मचारीहरुको लागि एकमुष्ट रुपमा फर्म बुभाउने गरेका छन् ।
ब्यक्तिगत रुपमा आउनले कार्यालयमा आएर फर्म बुझाउना साथ पान नम्वर उपलब्ध गराउने गरिएको तर समुहगत रुपमा आउनेको एक वा दुई दिन भित्र एकमुष्ट बितरण गर्ने गरिएको कार्यालय प्रमुख रिजालले बताउनुभयो ।


