चितवन १७ साउन । नागरिक तथा व्यवसायिक प्रतिष्ठानले राज्यलाई तिर्नु पर्ने करको विषयमा आज नारायणगढमा जानकारी गराइएको छ ।
उद्योग वाणिज्य संघ चितवन, अन्तरिक राजश्व कार्यालय भरतपुर र नेपाल अडिटर्स एसोसियसन चितवनको संयुक्त आयोजनामा यहाँका उद्योगी व्यवसायी नागरिकहरुलाई जानकारी गराइएको हो । नेपाल सरकारले करका विषयमा ल्याएको पछिल्लो व्यवस्था, समयमा कर तिर्दा हुने फाइदा, छुट, दायित्वको बारेमा जानकारी दिएको हो ।
आफूले तिर्ने करका विषयमा समयमा ध्यान नदिदा झन्जट हुने भएकाले नियमित कर तिर्न आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत सुवप्रसाद रिजालले जानकारी दिनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कल्याण जोशी, जिल्ला अध्यक्ष सहनलाल प्रधानलगायतले राज्यलाई कर तिर्नु पर्ने बताउनु भयो । करको विषयमा राजश्व कार्यालयका कर अधिकृतहरु गोपिकृष्ण पाण्डे, धनिश्वर अर्याल, त्रिविक्रम तिमल्सिनाले प्रशिक्षण दिनु भएको थियो ।


