प्रतिपक्ष दलले गरे आजपनि संसद अवरोध

 

काठमाडौं, १५ साउन । प्रतिनिधिसभाको आजको वैठकमा प्रतिपक्षी दलका सांसदहरुले अवरोध पुर्‍याएका छन् ।

निर्धारित समय ११ बजेका लागि बोलाइएको बैठकको शुरुमै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगेका छन् । उनीहरुले संसदमा नारावाजी समेत गरेका छन् । सांसदहरुले ‘संसदीय सर्वोच्चता कायम गर, संसदीय छानवीन समिति गठन गर, निर्मला पन्तका हत्यारालाई कारवाही गर’ जस्ता नारा लगाएका छन् ।

सभामुख कृष्ण बहादुर महराले संसद अवरुद्ध हुँदा जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसन ग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरे पनि सभामुखको आग्रहलाई सांसदहरुले वेवास्ता गरेका छन् । यसअघि गत सोमबारको बैठक पनि अवरुद्ध भएको थियो ।

शेयर गरौ

ताजा अपडेट