विप्लव बन्दकर्ताले मकवानपुरमा जलाए ट्रक

मकवानपुर, १५ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुई वटा गाडी जलाएका छन् ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भञ्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् ।

यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
आगजनीपछि कार पूर्ण रुपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गरिएको विप्लव नेतृत्वको नेकपाका मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शेयर गरौ

ताजा अपडेट