काठमाडौं, १४ साउन :
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वार्षिक कार्ययोजना अनुशासनभित्र रही कार्यक्रम कार्यान्वयन गर्न सम्वद्ध निकायका पदाधिकारीलाई आग्रह गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत सालका बाँकी रहन गएका कार्यक्रम सम्पन्न गर्न र चालू आवका लागि तोकिएका कार्यक्रमबाट उत्कृष्ट नतिजा ल्याउन निर्देशन दिनुभयो ।
मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज सञ्चार तथा सूचना मन्त्रालयमा आयोजित आव २०७५÷७६ को वार्षिक प्रगतिका बारेमा गत वर्ष गरेको प्रतिबद्धताका विषयमा भएका प्रगति र कमजोरीको गम्भीर समीक्षा गरियो ।
बेरुजु फछ्र्योटका हिसाबले पनि यो वर्ष उल्लेखनीय रुपमा प्रगति भएको बताउँदै सचिव गुरुङले कानूनी र संस्थागत सुधार भएको विभिन्न निकायको प्रगति प्रस्तुतीकरणबाट पुष्टि गरेको उहाले बताउनुभयो ।


