नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत क्रिकेट खेल्न मैदानको अन्योलता

काठमाडौं, १४ साउन :

नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत क्रिकेट खेलका लागि मैदानको समस्या हुने सम्भावना बढेको छ ।

पुरुष र महिलाको छुट्टा छुट्टै स्पर्धाका लागि राजधानीका त्रिवि र मुलफानी क्रिकेट मैदान छनोट गरिएको हो । त्रिवि त्रिकेट मैदान केही महिनादेखि प्रयोगविहिन रहेको तथा मुलपानी मैदानको अवस्था पनि तत्काल खेल खेल्न योग्य नरहेकाले समस्या निम्तने सम्भावना बढेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को टोलीले प्राविधिकसहित दुवै मैदानको अनुगमन गर्दै अहिलेबाटै तयारी थालिए, प्रतियोगिता अघि नै मैदान तयार पार्न सकिने जनाएको छ । अनुगमनपछि टोलीले किर्तिपुर मैदानलाई तत्कालै तयार पार्न सकिने भएपनि मुलपानी क्रिकेट मैदानमा खेल्न योग्य बनाउन समय लाग्ने निष्कर्ष निकालेको हो ।

राखेप सदस्यसचिव रमेश सिलवालले यी २ मैदानको विकल्प नभएकाले जुनसुकै हालतमा पनि मैदानलाई तयार पार्नुपर्ने अवस्था रहेकाले सोही अनुसार काम गर्न निर्देशन दिएको बताउनुभयो । साग क्रिकेटमा ४ वटा टेष्ट राष्ट्रका २३ वर्षमुनीको टोलीले पनि सहभागिता जनाउने भएकाले मैदानको व्यबस्थापनलाई उचित ध्यान दिएको राखेपले जनाएको छ ।

भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित नेपाल, माल्दिभ्स र भुटानका टोलीले प्रतिस्पर्धा गर्ने साग क्रिकेट अन्तर्गत पुरुषको खेल क्रिवि त्रिकेट मैदानमा तथा महिलाको खेल मुलपानी मैदानमा गर्ने राखेपको तयारी छ । १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि राखेपले हिजो सबै खेलको खेलस्थल टुंगो लगाएको थियो ।

शेयर गरौ

ताजा अपडेट