हिक्मतको अगाडि ओली गले : कोशीमा कार्कीलाई निरन्तरता

 

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान राखेपछि उनकै नेतृत्वमा सरकारले निरन्तरता पाउने भएको छ ।

पार्टी अध्यक्ष केपी ओलीसँग भएको भेटमा पनि कार्कीले राजीनामा नदिने अडान लिएपछि अर्को निर्देशन नभएसम्म सरकारले निरन्तरता पाउने भएको छ ।

प्रदेश सरकारका विषयमा बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की, पार्टीका कोशीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीबीच छलफलपछि तत्कालका लागि कार्कीकै नेतृत्वमा सरकार गठन हुने भएको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

उनले भने, ‘तत्कालका लागि हिक्मतजीले नै सरकारको नेतृत्व गर्नु हुनेछ । उपयुक्त समय आएपछि उहाँले छाड्नु हुनेछ ।’
छलफलमा ओलीले आफूले छाड्न निर्देशन दिएका बेला मुख्यमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्त राखेका छन् ।

‘अध्यक्षले उपयुक्त वातावरण जतिखेर देख्नुहुन्छ । त्यतिबेला सबैले निर्देशन मान्नुपर्ने, बस्नुपरे बस्ने छोड्नुपरे छोड्ने निष्कर्षमा पुगिएको छ’, अध्यक्ष खतिवडाले भने ।

शेयर गरौ

ताजा अपडेट