एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले मनायो २३औँ वार्षिकोत्सव

 

चितवन २४ साउन ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो २३औँ वार्षिकोत्सव मनाएको छ । शनिबार भरतपुर–१० स्थित बेस क्याम्पमा विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

चितवन रिजनअन्तर्गत चितवन, हेटौँडा र कावासोतीमा रहेका तीनवटै शाखाका परिवार एकै ठाउँमा भेला भएर विभिन्न कार्यक्रम, सम्मान तथा आत्मीयताका साथ वार्षिकोत्सव मनाउनुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा एक्सपर्टले चितवनको विकट क्षेत्र शक्तिखोरस्थित चेपाङ छात्रावासमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री सहयोग गर्नुभएको थियो । शिक्षा तथा विद्यार्थीको हितलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिनुभयो ।

वार्षिकोत्सवकै अवसरमा काउन्सिलरहरूबीच अन्तरशाखा हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा रत्ननगरबाट सहभागी समूह ‘बी’ प्रथम हुनुभएको थियो भने समूह ‘ए’ द्वितीय भएको थियो । हेटौँडा शाखाले कावासोती शाखालाई पराजित गर्दै तृतीय स्थान हासिल गर्नुभएको थियो ।

तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा हेटौँडा र कावासोतीका टोलीले समान १५० अंक प्राप्त गरेपछि दुई चरणमा पुनः प्रतिस्पर्धा गराइएको थियो । पहिलो चरणमा समेत अंक बराबर भएपछि दोस्रो चरणको प्रतिस्पर्धाबाट हेटौँडा शाखा विजयी हुनुभएको थियो ।

रमाइलोसँगै ज्ञान, टिम स्पिरिट तथा आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सबै टोलीले उत्साहपूर्वक सहभागिता जनाउनुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको थियो ।

२३ वर्षको यात्रामा एक्सपर्टलाई वर्तमान अवस्थासम्म ल्याउन निरन्तर मेहनत गर्नुहुने सम्पूर्ण टिम सदस्यहरूप्रति प्रबन्ध निर्देशक अधिकारीले आभार व्यक्त गर्नुभयो । उहाँले विद्यार्थी, अभिभावक, शुभचिन्तक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूले वर्षौंदेखि प्रदान गर्नुभएको माया, विश्वास र सहयोगप्रति पनि धन्यवाद व्यक्त गर्नुभयो ।

एक्सपर्टले अष्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, क्यानडा र अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भिसासम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

शेयर गरौ

ताजा अपडेट