संरक्षण र विकास संगसंगै लैजानु पर्ने : प्राकृतिक कारण ८ वटा बाघ मरे

 

चितवन १३ साउन । संरक्षण र विकासलाई संगै लैजानु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
विश्व बाघ दिवसको अवसरमा आज चितवनको सौराहामा भएको कार्यक्रममा सहभागीहरुले मानव र जनावरको अस्तित्वलाई जोगाएर लैजानु पर्नेमा जोड दिएको हो । यो पृथ्वी मानव र जनावरको साझा भएकाले संरक्षणलाई ध्यान दिदा मानिसको आवश्यकलाई पनि वेवास्था गर्न नहुनेमा जोड दिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको आयोजनमा भएको कार्यक्रममा चितवन, नवलपरासी, पर्सा जिल्लाका स्थानीय तहका प्रमुखहरुसंगको छलफलमा यस्तो बताइएको हो । बाघलाई कसरी दिगो विकास गर्न सकिन्छ, संरक्षणको लागि स्थानीय तहको भूमिका कस्तो रहने, संरक्षणमा देखिएका चुनौतीलाई सबैको सहयोगमा समाधान गर्न सकिने विषयमा छलफल भएको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनु भयो ।
निकुञ्जका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा अहिले ९३ वटा बाघ रहेका छन् । सन् २०१८ को तथ्यांक अनुसार बाघको सख्या हो । आर्थिक वर्ष २०७५÷०७६ मा प्राकृतिक कारणले ८ वटा बाघको मृत्यु भएको छ । संरक्षित जनावरलाई जोगाउनको लागि सबैको साथ चाहिनेमा जोड दिएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका, रत्नगर नगरपालिका, खैरहनी, राप्ती, कालिका, माडी, नवलपरासीको मध्यविन्दु, कावासोती, ठोरीका स्थानीय तहको सहभागीता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट