नेकपा जिल्ला इन्चार्ज खनालको पदबहाली : जिम्मेवारी कुशलताका साथ पूरा गर्ने प्रतिवद्धता

चितवन १२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले आज पद बहाली गर्नु भएको छ ।
नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका खनाललाई पार्टीको केन्द्रीय सचिवालयले जिल्ला इन्चार्ज तोकेपछि आज कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदवहाली गर्नु भएको हो । इन्चार्ज खनाललाई पार्टीका जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजीतले स्वागत गर्नु भएको थियो ।
पद बहालीपछि जिल्ला इन्चार्ज खनालले पार्टीले दिएको जिम्मेवारीलाई आफूले कुशलतापूर्वक निर्वाह गर्ने भन्दै साउन महिना भित्रै तल्ला कमिटीको वैठक राखेर कामलाई तिब्रता दिने बताउनु भयो । उहाले भन्नु भयो ‘पार्टीले दिएको जिम्मेवारीलाई म पूरा गर्ने छु, अब तल्लो तहसम्म काम देखिनेछ जसलाई साउन महिना भित्रै बैठक वस्ने छ ।’
राजनीतिक उपलब्धीलाई सस्थागत गरेर सरकारको कामलाई जनतामाझ लैजानु पर्ने दायित्व रहेको उहाले बताउनु भयो । ‘दुइ धारको स्कुलिङबाट आएका हामी एकै धारबाट जाने अभ्यासमा हामी छौ’ उहाले भन्नु भयो ‘यसलाई सहजै लैजानेमा विश्वास दिलाउछौ । ’


उहाले साउन महिना भित्र जिल्लाको ९८ वडा, ७ वटा स्थानीय तह, ३ वटा संघीय निर्वाचन क्षेत्र, ६ वटा प्रदेश निर्वाचनको वैठक बसेर कामको जिम्मेवारी दिने बताउनु भयो । नेतृत्वको शुरुमा होइन अन्तिममा मुल्यांकलन गर्ने भएकाले आउदा दिनमा कामको बखरदारी गर्न कार्यकर्तालाई अनुरोध गर्नु भयो । नेपालको कम्युनिष्ट इतिहासमा अहिलेको जस्तो अवसर नआएको भन्दै यो अवसरलाई विकास निर्माण र जनताको आवश्यकतालाई पूरा गर्नेमा आफूले भूमिका निर्वाह गर्ने बताउनु भयो । ३ नं. प्रदेशका सांसद समेत रहनु भएका खनालले नेतृत्वले गरेका राम्रा कामलाई प्रचार र कमजोरीलाई खबरदारी गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष परियारले पार्टीको पूर्णताले जिल्लामा सहज भएको बताउनु भयो । जिल्ला इन्चार्ज तोकिएपछि अभिभावकको महसुस भएको भन्दै पार्टीको कामलाई सहज हुन बताउनु भयो । कार्यक्रममा जिल्ला इन्चार्जलाई नेकपा जिल्ला कमिर्टी तेजेन्द्रबहादुर खड्का, सदस्य कृष्णराज न्यौपाने लब्ली, प्रकास ढुंगाना, प्रदिप पोखरेल, नेताहरु धर्म कार्की, बद्री तिमल्सिना, सिता वसेल, सुर्यवदना हमाललगायतकाले बधाइ तथा शुभकामना दिनु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट