सत्तारुढ दल नेकपा स्कुल विभाग मै अड्कियो, आज बस्ने भनिएको सचिवालय बैठक फेरी स्थगीत

काठमाडौं , १२ साउन : 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागलाई लिएर देखिएको विवाद लम्बिएको छ ।

स्कुल विभागमा कुरो नमिलेपछि नेकपाको आइतवार बस्ने भनिएको सविचलाय बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ। स्कुल विभागमा देखिएको विवाद र पार्टी एकतामा देखिएको गतिरोध मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्ड शनिबार र आइतवार दुई दिन लगातर छलफलमा जुटे ।

दुई अध्यक्षको छलफल निचोडमा नपुगेपछि सचिवालय बैठक पनि सोमबार सम्मका लागि सरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्ष बीचको छलफल निर्णयमा नपुगेपछि सचिवालय बैठक सरेको हो ।

शेयर गरौ

ताजा अपडेट