चितवन, १२ साउन :
नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्षमा फेरि पनि शिवराम केसी विजयी भएका छन् ।
संघको १५ औ साधारणसभा तथा विशेष अधिवेसनमा केसीले निकटतम प्रतिद्धन्द्धी रघुनाथ भट्टलाई २ सय १४ मततान्तरले पछि पार्दै विजयी भएको हो । केसी तेस्रो पटक निर्वाचित हुनु भएको हो ।केसीले कुल ५ सय ९० मत खसेको ३ सय ९७ र भट्टले १ सय ८३ मत पाएको निर्वाचन संयोजक दिवाकर पौडेलले जानकारी दिनु भयो ।
यस्तै सदस्यहरुमा किरण भुषण ओलीले ३ सय ८८, प्रविण केसीले ३ सय ७, विनोद अधिकारीले ३ सय १७, भरत कार्कीले ३ सय १०, राजकुमार श्रेष्ठले ३ सय ५९ र ललितबहादुर जिसिले २ सय ६६ मत पाई विजयी भएका छन् । १ अध्यक्ष र ६ जना सदस्यको लागि भएको निर्वाचनमा १४ जनाको उम्मेदवारी परेको थियो । संघको अधिवेशनमा ६ सय ९७ जना मतदाता रहेकोमा ५ सय ९० मत खसेको थियो । खसेको मत मध्ये ३ मत बदर भएको पौडेलले बताउनु भयो ।
यसैविच हिजो नै नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन वयवस्थापन समितिका संयोजक भेषराज दुवाडीले सपथ ग्रहण गराउनु भएको छ । सपथ ग्रहण गर्दै नवनिर्वाचि अध्यक्ष केसीले सबै जनाले मिलेर गई संघलाई नयाँ उचाई पुराउने उद्धघोष गर्नु भएको छ ।उहाले आफुले तत्काल किसानको लागत अनुसारको मुल्य तोक्ने र देशको माग र आवश्यकता अनुसार पोल्ट्री क्षेत्रलाई अगाडी लैजाने बताउनु भयो । गत जेष्ठ २४ गते भएको संघको १५ औं साधारण सभाबाट संघमा विवाद चुलिएर समान्तर समिति बनेपछि चितवन प्रशासनले संघको नयाँ अधिवेशन तोकेको थियो ।
यसअघि संघका अध्यक्ष त्रिलोचन कडेंल विरुद्ध अविश्वासको प्रस्ताव पेश गरि वहुमत सदस्यहरुले शिवराम केसीलाई अध्यक्ष बनाएको थियो । त्यसपछि दुवै अध्यक्षहरुले आआफु अध्यक्ष रहेको दावी गर्दै हिडेपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधान गर्न पहल गर्दै विषेश अधिवेशन वोलाउन सहमत भएका थिए ।
सोही अनुसार संघको केन्द्रिय विशेष अधिवेृशन चितवनमा सम्पन्न भएको हो । के सी प्यानलबाट सदस्य पदको लागि किरण भुषण ओली , विनोद अधिकारी , भरत कार्की , राजकुमार श्रेष्ठ , ललित जि सी र प्रविण के सी को उम्मेदवारी परेको थियो भने भट्टको प्यानलबाट सदस्य पदको लागि मदन चिरञ्जवी पोखरेल , जर्नादन अधिकारी , प्रेम सन्जेल , यम गैरे , सुर्दशन आचार्य र गोकुल पौडेलले उम्मेदवारी दिनु भएको थियो ।


