बन्ने भयो भरतपुरमा क्रिकेट रंगशाला, घोषणा आज दिउसो

चितवन १६ माघ ।

भरतपुरमा निर्माण हुन लागेको आधुनिक अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको आज दिउसो औपचारिक रुपमा घोषणा हुदैछ ।

नेपालमा नै सुविधा सम्पन्न रंगशाला निर्माणको लागि धुर्मुस–सुन्तली फाउन्डेसनले जिम्मा लिदैछ । यो कार्यक्रम चितवनको मात्र नभइ नेपालको लागि गौरव र खुसीको विषय हो । भआज राष्ट्रिय सभागृहमा दिउसो १ः३० बजे हुने सम्झौताको कार्यक्रमका लागि चितवनबाट एकसय भन्दा धेरैको उत्साहपूर्ण सहभागी हुदैछ ।

भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा यहाँका विशिष्ठ व्यक्ति कार्यक्रममा सहभागीता जनाउनको लागि विहान काठमाण्डौ जानु भएको छ । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, प्रदेश साँसदहरु, चितवनबाट प्रतिनिधि सभामा विजयी भएका साँसद, खेलसंग सम्वन्धीत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको हो । देशको महत्वपूर्ण संरचना चितवनमा निर्माण हुन थालेपछि यहाँ खुसीयाली छाएको छ ।

शेयर गरौ

ताजा अपडेट