विश्वकप टी–२० क्रिकेट छनोटको अन्तिम खेल अन्तर्गत सिंगापुरद्धारा नेपाललाई १ सय ९२ रनको लक्ष्य पेश

काठमाडौँ, १२ साउन :

टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्याउन टिम डेभिडले ७७ रन बनाए ।

यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ रन बनाए । नेपालका लागि अभिनास बोहराले चार विकेट लिए । करण केसीले २ विकेट लिए ।

नेपालले जवाफी ब्याटिङ गरिहेको छ ।

शेयर गरौ

ताजा अपडेट