काठमाडौं, ११ साउन :
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले समृद्धिको कुरा गर्ने नैतिकता गुमाइसकेको बताएका छन् ।
आफूले गरेको काम त के अरूले गरेको कामको जस लिनसमेत अयोग्य साबित भइसकेको कुराको ज्वलन्त उदाहरण पूरा हुनै लागेको मेलम्ची खानेपानीको काम सरकारकै कारण अनिश्चित बन्नु लाई लिन सकिनेसमेत बताए। आफ्नै निर्वाचन क्षेत्रमा आयोजना गरियको भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले सरकार काम गर्न सकोस भनेर आफूहरूले सहयोग गर्न चाहे पनि सबैको साथ सहयोग लिएर अघि बढ्नुको साट्टा भाषणबाजीमा लागेर आफूभन्दा फरक विचार राख्नेहरूको मानमर्दन गर्नमा अलमलिको आरोप लगाए ।
सरकार बनेपछि कुटनीतिक क्षेत्रसमेत विस्वसत हुन नसकेको अन्तर्राष्ट्रिय जगतलाई विश्वासमा लिएर काम गर्न नसकेकोले मुलुक असफल राष्ट्र बन्न लागेको समेत बताए। सरकार रचनात्मक काम गरे आफूहरू सहयोगी बन्न तयार रहेकाले जिम्मेवार बन्नसमेत उनले अपिल गरे ।
उनले कार्यक्रममा गुज्जेश्वरी बालशिक्षा माध्यमिक विद्यालय थापाथलीमा अध्ययनरत दुई सय विद्यार्थीलाई पूर्वगभर्नर हिमालय शम्सेर जबराको सहयोगमा प्राप्त विद्यालय पोशाक वितरण तथा यस वर्ष उक्त विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मानसमेत गरेका थिए ।


