काठमाडौं, १० साउन :
मौसम पूर्वानुमान महाशााखाको अनुसार आज (शुक्रबार) देशभर मौसम बदली भई केही स्थानमा वर्षा हुने छ ।
पहाडि तथा तराई भेगका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको समेत महाशााखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले खोलाहरुमा जल सतह बढ्न सक्ने पनि महाशााखाले जनाएको छ ।
शुक्रबार बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले नदि वरपरका क्षेत्र र पहाडि भु-भागमा पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।


