चितवन , १० साउन ।
केही दिन अघि लुम्बिनीमा भगवान गौतम बुद्धको मुर्ति तोडफोड गरेको बिरोधमा आज भरतपुरमा बिभिन्न संघसंस्थाले प्रदर्शन गरेका छन् ।
बौद्ध धर्मावलम्बी साथै विभिन्न संघ संस्थाले संयुक्त रुपमा बिहिवार दबाबमुलक शान्ति र्याली निकालेको हो ।
नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चर्क संघ, बौद्ध गुम्बा विहार संघ, नेपाल तामाङ घेदुङ चितवन र बौद्ध धर्म सेवा समिति चितवनले र्याली निकालेको हो ।
उनिहरुले बुद्धको मुर्ति तोडफोड गर्नेलाई तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बुद्धको मुर्ति तोडफोड गर्न पाईदैन, शान्तिप्रेमि नेपाली एक हौँ, धर्म संस्कृति संरक्षणमा जुटौँ, बुद्ध हाम्रो प्राण हो, नेपाल हाम्रो सान हो लगायतका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । तिनखोले गुम्बाबाट सुरुभएको शान्र्ति याली पुलचोक, सहिदचोक, लायन्सचोक, चौविसकोठी हुँदै जिल्ला प्रशासन कार्यलयमा पुगेको थियो र्। याली पछि उनिहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
ज्ञापनपत्रमा बुद्धको मुर्ति तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । साथै यस्ता दुखद घटना आगामि दिनमा नदोहोरीने वातावरण निर्माणमा लाग्न संघिय, प्रदेश र स्थानिय सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।


