चितवन १५ माघ ।
चितवनको निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राप्ती नगरपालिकाको मुडाभारमा हत्या भएकी धनकुमारी थापा (रुपा)को सत्यतथ्य छानविन गरी दोषीलाई कार्बाही गर्नको लागि आफूले सक्रियता देखाएको बताउनु भएको छ ।
सोमबार राति राप्ती नगरपालिका वडा नं. ६ मुडाभारकी ५० वर्षीय थापालाई घरमा वसिरहेको अवस्थामा राति खुकुरी प्रहारबाट हत्या भएको थियो । सो हत्या भएको स्थानमा पुगेर उहाले आफन्त तथा सर्वसाधारणसंग कुरा गर्दै घटनाका दोषी उम्कन नदिनको लागि आफूले सुरक्षा निकायसंग पहल गरेको बताउनु भयो । घटनामा दोषी देखिएकालाई कुनैपनि हालतमा छिटो नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउनु पर्दछ भन्दै सुरक्षा निकायका सवै पक्षसंग कुरा गरेको बताउनु भयो ।
यसै बीच दुःखद घटना प्रति एक शोक विज्ञप्ति प्रकाशित गर्दै पाण्डेले पार्टीका राप्ती नगरपालिकाको नगरकमिटीका पूर्व उपसचिव पूर्णबहादुर थापाकी श्रीमती थापा प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । यस शोकको घडीमा आफन्त इष्टमित्रलाई धर्यधारण गर्न सक्ने शक्ति मिलोस भनी कामना गर्नु भएको छ । मृतक थापाका श्रीमान केही दिन अगाडि मात्रै इण्डोनसिया जानु भएको थियो । घटना भएपछि उहाँ आज रातिनै काठमाण्डौ आउदैहुनुहुन्छ ।
सोमबार राति घरमा चोर्न आएका व्यक्तिले खुकुरी प्रहार थापाको हत्या गरेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । चोर्नको लागि आएका व्यक्तिलाई महिलाले चिने पछि खुकुरी प्रहार गरी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।
घटनमा सम्लग्न भएको आशंकामा एकजना पुरुष व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।