रक्सोल अमलेखगन्ज पाइपलाइनबाट दैनिक चार हजार किलोलिटर इन्धन ढुवानी गरिने

अमलेखगन्ज, १० साउन :

रक्सोल अमलेखगन्ज पाइपलाइनबाट दैनिक चार हजार किलोलिटर इन्धन ढुवानी गरिने भएको छ ।

भारतको मोतीहारी–रक्सोलदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी हुने भएको हो ।

पाइपबाट ढुवानी गरिएको तेल बाराको अमलेखगन्ज डिपोमा भण्डारण गरिने छ। नेपाल र भारतको संयुक्त लगानीमा बनेको पेट्रोलियम पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर इन्धन ढुवानी गरिनेछ ।

दैनिक २० घण्टा पाइपलाइन सञ्चालन गरिनेछ ।

शेयर गरौ

ताजा अपडेट