पार्टी एकता कुनै पनि हालतमा भत्किदैन : नेकपा वरिष्ठ नेता नेपाल

काठमाडौं, ९ साउन :  

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कुनै पनि हालतमा नभत्किने बताएका छन् ।

नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोल्दै नेपालले पार्टी एकता धरापमा परेको भन्नेलाई यस्तो जवाफ दिएका हुन् । नेता नेपालले एकता कम्जोर जगमा नउभिएको बताए ।

कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुईतिहाइ सिट हाँसिल गरेको स्मरण गराउँदै नेपालले सातवटा प्रदेश मध्ये ६ वटामा प्रचण्ड बहुमत पाएका उल्लेख गरे ।

उनले स्थानीय तहको ४५० भन्दा बढी तहमा जित निकालेको बताउँदै अब देश बनाउने बाटोमा अघि बढ्नुपर्ने बताए । अहिले पाँचजना संस्थापक योद्धालाई सम्झनुपर्ने बताउँदै उनले पुष्पलाल पछि नरबहादुर कर्माचार्यको व्यक्तित्व अग्लो रहेको स्मरण गरे ।

कर्माचार्यले जीवन नै कम्युनिष्ट आन्दोलनमा समर्पित गरेको उनको भनाइ थियो ।

शेयर गरौ

ताजा अपडेट