गुल्मी, साउन ९ ।
गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएका १३ जनाको शव निकालिएको छ
बिहीबार बिहान एकजनाको शव निकालिएसँगै पुरिएका सबै १३ जनाको शव फेला परेको हो ।
गएको सोमबार राति पहिरो जाँदा १३ जना बेपत्ता भएका थिए । सबै १३ जनाको शव फेला परेको र उनीहरुको पहिचान गरी अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा घाइते भएका ठुलोलुम्पेकका २ जना घाईतेहरुलाई काठमाडौ पठाइएको छ । सत्यवती गाउँपालिका ३ का करिष्मा तरामु र धनी तरामुलाई हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौ लगिएको हो । उनीहरुलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफैले राहत लिएर आएको हेलिकप्टर मार्फत काठमाडौ लगेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।


