काठमाडौं, ९ साउन :
त्रिवुभवन विश्वविद्यालयले सुरेन्द्रप्रसाद कोइरालाका शैक्षिक प्रमाणपत्रहरु रद्द गरेको छ ।
त्रिविका कर्मचारीलाई रमक दिएर नम्बर बढाउन लगाएका कोइरालाका त्रिविबाट लिएका प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो। विश्वविद्यालयले सार्वजनिक सूचना निकालेर कोइरालाका प्रमाणपत्र रद्द भएको जनाएको छ। त्यस्तै केदार भट्टराईका समेत अंक बढाएको हुनाले उनको समेत प्रमाणपत्र रद्द गरेको छ ।
यसै विषयमा अख्तियारले अनुसन्धानसँगै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
अंक थप गरी ट्रान्सक्रिप्ट जारी भएको परीक्षा नियन्त्रण कार्यालयबाट गठित अनुसन्धान समिति र अख्तियारले समेत पुष्टि गरेको भन्दै विश्वविद्यालयले उनका प्रमाणपत्रहरुलाई अयोग्य घोषित गरेको छ ।


