इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा युभेन्ट्सद्धारा इन्टर–मिलान ४–३ ले पराजित

काठमाडौं, ९ साउन : 

प्रि–सिजन भ्रमणमा रहेको इटालीयन क्लब युभेन्ट्सले आफ्नै देशको प्रतिद्धन्दी इन्टर–मिलानलाई पराजित गरेको छ ।

चीनमा गएराती भएको इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्‍यो । नानजिङ ओलम्पिक स्टेडियममा निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

निर्धारित समयमा युभेन्टसका लागि क्रिश्चियानो रोनाल्डोले एक गोल गरेका थिए भने युभेन्टसकै माटियास डे लिटले एक आत्माघाति गोल गरेपछि इन्टर मिलानले उपहार पाएको थियो ।

टाइ ब्रेकरमा युभेन्ट्स ४–३ ले विजयी भयो ।

शेयर गरौ

ताजा अपडेट