काठमाडौं ९ साउन । वैदेशिक रोजगारीका नाममा रोजगारपीडितले आर्थिक वर्ष २०७५/७६ मा व्यक्तिगत र संस्थागत गरि २ हजार ३९ वटा उजुरी वैदेशिक रोजगार विभागमा दर्ता गरेका छन् ।
गत आर्थिक वर्षमा रोजगारीपीडितले संस्थागत अथवा म्यानपावर कम्पनीका नाममा २९ करोड ६३ लाख र व्यक्तिगत ठगी तर्फ ५३ करोड ६७ लाख गरी ८३ करोड ३० लाख विगो दावी गर्दै उजुरी गरेको विभागको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थागततर्फ ९ करोड ६० लाख विगो पीडितलाई भराएको विभागले सार्वजानिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ । यता व्यक्तिगततर्फ अदालतको फैसलापछि २२ करोड ५६ लाख क्षतिपूर्ति भराएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
यो आर्थिक वर्षमा संस्थागत १ हजार २ सय ६३ र व्यक्तिगत ७ सय ७६ वटा उजुरी विभागमा दर्ता भएको विभागको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।
सस्थागत १ सय ७१ वटा फरफराक र व्यक्तिगततर्फ १ सय ८६ मुद्दा अदालतले फौसला गरेको विभागले जानएको छ । विभागले क्षतिपूर्तिका अतिरिक्त ८१ वटा विभिन्न मुद्दामा संस्थागत रुपमा ८७ लाख ५० हजार जरिवाना भराएको जनाएको छ ।
वैदेशिक रोजगार विभागमा गत वर्ष २ हजार १ सय २९ वटा उजुरी परेको थियो । यो अघिल्लो वर्षभन्दा कम संख्या भएपनि ठगिएको रकम भने बढेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगार विभागमा १ अर्ब करोड ५२ करोड २० लाख रुपैयाँ बराबरको ठगीको उजुरी दर्ता भएको छ । यो वर्ष २ हजारभन्दा धेरै उजुरी विभागमा दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ७० करोड कम भएको विभागको प्रतिवदेनले देखाएको छ ।


