प्रहरी रिपोर्ट भन्छ, ‘प्रदेश ३ मा सवारी दुर्घटना बढेको बढै’

चितवन समाचार डटकम
८ साउन ।
सवारी दुर्घटनाबाट मानिसको ज्यान जानेको सख्या हरेक वर्ष बृद्धि भएको छ ।
३ नं प्रदेशमा मात्रै गएको आर्थिक वर्षमा सवारी दुर्घटनाबाट चारसय ७६ जनाले जान गुमाएका छन् । ३ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख नविनराज राइले भन्नु भयो ‘सवारी दुर्घटनाबाट मर्नेको सख्या भयावह बन्दै गएको छ, यसलाई ट्राफिक प्रहरीले मात्रै कमी गर्न सक्दैन सबैको सहयोग चाहिन्छ ।’ गएको आर्थिक वर्षमा मात्रै सातसय ७० वटा दुर्घटनामा सातसय ५७ जना गम्भिर घाइते भए उहाले भन्नु भयो ।
आर्थिक वर्ष २०७३÷७४ मा चारसय ७७, आव ०७४÷०७५ मा चारसय ७० र आव ०७५÷०७६ मा चारसय ७६ जनाले ज्यान गुमाए । यो सख्या धेरै घट्नु पर्ने थियो तर त्यो अवस्था आएन प्रमुख राइले भन्नु भयो ।
दुर्घटनाबाट मर्नेको सख्या धेरै मोटरसाइकल रहेको छ । सानो साधन, गती तिब्र, असुरक्षित यात्रा गर्दा दुर्घटना धेरै हुने गरेको उहाले बताउनु भयो । नेपालमा प्रति दिन सात जनाको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा २५ देखि ४० उमेर समुहका बढि रहेको तथ्याँकले देखाएको छ ।
वर्षमा दुइहजार ५ सय भन्दा बढिको मृत्यु यही कारणले हुने गर्दछ । ३ नम्बर प्रदेशमा (उपत्यका बाहेक) प्रति महिना ४४ र वर्षमा चारसय ७० भन्दा बढि मानिसको मृत्यु हुने गरेको प्रदेश कार्यालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सडक दुर्घटनाबाट प्रति वर्ष साढे १२ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । प्रत्येक २५ सेकेण्डमा १ जनाको मृत्यु हुने गरेको देखिन्छ । मानिसको मृत्युको नवौं मुख्य कारण सडक दुर्घटना रहेको छ ।
अन्य घटनाबाट मृत्यु भएकाको चासो धेरै भयो, तर सवारी दुर्घटनाबाट मर्नेलाई घटाउने उपाय भएन प्रदेश ट्रफिक प्रमुख राइले भन्नु भयो । सामुहिक प्रयास, स्वयमको सतर्कताको कारणले दुर्घटना कमी गर्न सकिने उहाँको भनाइ छ । चितवनमा मात्रै गएको एक वर्षमा सवारी दुर्घटनाबाट एकसय ४६ जनाको मृत्यु भएको छ । दुर्घटना घटाउनको लागि प्रदेश ३ को ट्रफिक कार्यालयले तीन महिने अभियान चलाएको छ उहाले भन्नु भयो ‘यसले केही कमी गर्न सक्ने अनुमान गरिएको छ ।’

शेयर गरौ

ताजा अपडेट