कार्य विभाजनको विषयमा योगेश भट्टराईले दिए नेतृत्वलाई पाँच सुत्र

चितवन ८ साउन । नेकपामा अहिले कार्यविभाजनको विषयमा भएको ढिलाइको विषयमा केन्द्रीत गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराइले नेतृत्वलाई पाँचवटा सुझाव दिएका छन् ।
कार्यविभाजनमा रस्साकस्सी भइराखेका बेला दक्षता क्षमता रुचि लगायतको विषयलाई ध्यानमा राखेर जिम्मेवारी धारणा राख्नु भएको छ । आज विहान सामाजिक सञ्जालमा आफ्नो सुझाब राख्दै उहाले यही आधारमा जिम्मेवारी दिएमा पार्टी राम्रोसंग जाने बताएका छन् ।
उहाले भन्नु भएको छ ‘नेकपामा कार्य बिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेको सन्दर्भमा निम्न विषयमा नेतृत्वको ध्यानाकर्षण गर्दछु ।’
१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचिका आधारमा जिम्मेवारी दिऊ ।
२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवारी नदिऊ । हरेक एक वर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
३. पार्टीमा भूगोल, विभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अवसर दिऊ ।
४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङकनलाई वैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक वर्ष ब्यक्तिको मुल्याङकन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने परीपाटी बसालौ ।
५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई विर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ ।
भट्टराइले दिनु भएको सुझाबलाई फेसबुकमा सयौले स्वागत गरेका छन् । नेतृत्वलाई सहि सुझाब भएको भन्दै आफ्ना भनाइहरु राखेका छन् । वरिष्ठ पत्रकार श्रीधर आचार्यले कमेन्टमा लेख्नु हुन्छ सहित सुझाब । चितवनका विद्यार्थी नेता ऋषिकेश रेग्मी लेख्नु हुन्छ सहि कुरा । स्वरुप सुयालले लेख्नु भएको छ उपयुक्त सुझाब पार्टी अगाडि वढाउने उल्लेख्य पद्धती मध्य एक । उहाँको यो स्टाटसमा अधिकाँसले समर्थन गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट