वैतडीको आरु भिरबाट जिप खस्दा एकजनाको मृत्यु, दुइ घाइते

बैतडी ८ साउन । आज बिहान बैतडीमा भएको जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् ।
पहाडी जिल्ला दार्चुलाबाट तराइको महेन्द्रनगर जाँदै गरेको गरेको ग १ ज ५२२४ नम्बरको रातो प्लेटको बोलेरो जिप बिहान ४ बजे बैतडीको आरुबाट भीरमा खसेको थियो । पाटन नगरपालिका ८ स्थित रहेको भिरबाट करिब पाँचसय मिटर तल खस्दा ईश्वर नागारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । दुर्घटनामा हिक्मत साउद र पुष्कर नागारी घाईते भएका छन् । घाईते मध्ये पुष्करको अवस्था गम्भीर रहेको छ उनीहरुको डडेल्धुरा अस्पताल उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ ।
जिपमा सवार तिनै जना दार्चुलाको महाकाली नगरपालिका ९ दत्तु घर भएका रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट